दफा २५
सम्पत्ति प्राप्ति, अधिग्रहण, लिलाम वा जफत नगरिने

(१) कानून बमोजिम सार्वजनिक हितको लागि बाहेक राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले अधिकारको सिर्जना गर्ने छैन । तर गैर कानूनी रूपले आर्जन गरेको सम्पत्तिको हकमा यो व्यवस्था लागूहुने छैन ।
(२) कानून बमोजिम बाहेक कसैको सम्पत्ति लिलाम वा जफत गरिने छैन ।